नागढुंगा–नौबिसे सुरुङको रेस्क्यु टनेलकाे ब्रेक थ्रू, मुख्य सुरुङ कहिले सकिन्छ ?

नागढुंगा–नौबिसे सुरुङको रेस्क्यु टनेलकाे ब्रेक थ्रू, मुख्य सुरुङ कहिले सकिन्छ ?


????????? ?????????? ???????????? ???????? ?????? ????? (???????? ??????)?? ????? ???? ??????? ?????? ????? ????? ????????? ??? ?????????????? ?????? ??????, ??????? ???? ?????? ?????? ?????? ??????????? ? ??????? ??????? ??? ???? ??? ??????? ????????? ??????? ???????? ?????? ????? ???? ?????? ?? ? ??????? ????? ??????? / ????

काठमाडौँ ।

नागढुंगा-नौबिसे सुरुङमार्ग परियोजनाअन्तर्गतकाे रेस्क्यु टनेलकाे ‘ब्रेक थ्रू’ गरिएको छ । सोमबार सुरुङ मार्गको ‘रेस्क्यू टनेल’को ब्रेक थ्रू भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङको ब्रेक थ्रू भएको हो ।

२०७६ कात्तिक ४ गते शिलान्यास भएको सुरुङको ‘रेस्क्यू टनेल’ सोमबार खनिसकिएको छ । २.५५७ किलोमिटर लामाे याे सुरुङकाे आपतकालीन सुरुङ खन्ने काम सकिएको र फिनिसिङको काम गरिने सडक विभागले जनाएकाे छ ।

नागढुंगा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यु टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी छ । २ दशमलव ६ किमी लम्बाइकाे मुख्य सुरुङको ५०६ मिटर खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को १६ अर्ब ६३ करोड सहुलियत ऋण र नेपाल सरकारको ५ अर्ब ८५ करोड गरेर कुल २२ अर्ब ४८ करोड लगानीमा आयोजनाको निर्माण भइरहेको छ । नेपाल सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुनेछ । जाइकाले दिएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ ।