सुनकाे भाउ निरन्तर ओरालाे

सुनकाे भाउ निरन्तर ओरालाे


काठमाडौँ ।

विगत ३ दिनदेखि लगातार सुनको मूल्य ओरालाे लागेकाे छ । साेमबार र मंगलबार १०० र ३०० रुपैयाँले घटेकाे सुन बुधबार पनि १०० रुपैयाँले ओरालाे लाग्याे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ४०० रुपैयाँ थियो ।