एमएम प्लास्टिक उद्योगमा आगलागी, २ अर्बबढीको क्षति भएको अनुमान

एमएम प्लास्टिक उद्योगमा आगलागी, २ अर्बबढीको क्षति भएको अनुमान


विराटनगर ।

विराटनगर महानगरपालिका १४ मा रहेको एमएम प्लास्टिकउद्योगमा आगलागी हुँदा साढे २ अर्बमाथिको क्षति हुने अनुमान गरिएको छ।

कम्पनीको बीमा नेशनल इन्स्योरेन्स कम्पनीमा छ । हिजो राति करिब १ बजे भएको आगलागी भएको थियो ।

कम्पनीको गोदाम एरियामा भने आगलागीले क्षति नभएको प्लाष्टिकका सामग्री उत्पादन गर्दै आएको उद्योगको तीन तले भवनको भुईं तलामा रहेको ‘यूपीएस रूम’मा आगलागी भएको उनले जानकारी दिएका छन् ।

प्लाष्टिकका सामग्री उत्पादन गर्दै आएको उद्योगको तीन तले भवनको भुईं तलामा रहेको ‘यूपीएस रूम’मा आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागीका कारण उपकरणहरु जलेका छन् ।मोरङ प्रहरीले इन्भटरको ब्याट्री सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।नेपाल प्रहरी र विराटनगर महानगरपालिकाबाट गएका २ वटा दमकलले करिब २ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

ब्याट्री पड्किएर आगलागी हुँदा ३ करोड बराबरको क्षति भएको देखिएको प्रहरीले बताएको छ । कम्पनीले सर्भेयर पठाएपछि मात्रै एकिन रिर्पोट आउने छ । सो वापत क्षतीको रकम बीमा दाबी मार्फत कम्पनीले सुरक्षण गर्ने छ ।