शेयर बजारमा हरियाली, आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

शेयर बजारमा हरियाली, आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार


काठमाडौं।

बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेप्सेमा सुधार देखिएसँगै उपसूचकहरुमा उछाल आएको छ ।

बुधबार नेप्से सूचकांक ४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको ५० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजारको कारोबार भएको छ ।

नेप्सेमा सुधार आउदा १२ उपसूचकहरुमा पनि हरियाली छाएको छ । बुधबार सर्वाधिक ट्रेडिङ उपसूचक, होटल तथा पर्यटन उपसूचक, फाइनान्स उपसूचक, जीवन बीमा उपसूचक क्रमशः ३.६२, ३.५०, ३.३८, ३.१५ प्रतिशतले बढेको छ । त्यस्तै, आज एकमात्र म्युचुअल फण्ड उपसूचक भने ०.४१ प्रतिशतले घटेको छ ।

१५ करोड ५० लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल रिपब्लिक मिडिया परेका छन् ।