निरन्तर ओरालो लागेको सुनको भाउ आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

निरन्तर ओरालो लागेको सुनको भाउ आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बिहीबार पनि नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।