दाेस्राे बजारका लागि नेप्सेमा थपिए ३ कम्पनी, कसकाे ओपनिङ रेन्ज कति ?

दाेस्राे बजारका लागि नेप्सेमा थपिए ३ कम्पनी, कसकाे ओपनिङ रेन्ज कति ?


काठमाडौँ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप ३ वटा कम्पनीकाे सेयर सूचीकृत भएको छ । बिहीबार थपिएकामा घोराही सिमेन्ट, थ्री स्टार हाइड्रोपावर र अपर स्यांगे हाइड्रोपावर छन् । तीनै कम्पनीकाे दाेस्राे बजारमा सेयर काराेबार भने आइतबारदेखि मात्रै हुनेछ ।

घोराही सिमेन्टको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएकाे हाे । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियमसहित ४०० रुपैयाँमा, सर्वसाधारणलाई ३३६ रुपैयाँ प्रिमियम सहित ४३६ रुपैयाँ प्रतिकित्तामा सेयर निष्कासन गरेको थियो । कम्पनीको सेयरको पहिलो कारोबारका लागि २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसासम्म ओपनिङ रेन्ज पाएको छ ।

यस्तै, अपर स्यांगे हाइड्रोपावरकाे २२ लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमध्ये ८ लाख ७० हजार सार्वजनिक निष्कासन भएको साधारण सेयर र १३ लाख ३० हजार कित्ता संस्थापक सेयर हो ।

कम्पनीको सेयरको पहिलो कारोबारका लागि ८४ रुपैयाँ ५४ पैसा देखि २४३ रुपैयाँ ६२ पैसासम्म ओपनिङ रेन्ज पाएकाे छ ।

यता, थ्री स्टार हाइड्रोपावरको कुल ४९ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । जसमध्ये २१ लाख ३१ हजार २५० कित्ता सेयर सार्वजनिक निष्कासन भएको साधारण सेयर र ३६ लाख ९३ हजार ७५० कित्ता संस्थापक सेयर हो । कम्पनीको सेयरको पहिलो कारोबारको लागि नेप्सेले ८५ रुपैयाा ६५ पैसादेखि २५६ रुपैयाँ ९५ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ ।