नेपाल लाइफकाे लिडरसिप एक्सिलेन्स अवार्ड, क-कसले पाए अवार्ड ?

नेपाल लाइफकाे लिडरसिप एक्सिलेन्स अवार्ड, क-कसले पाए अवार्ड ?


काठमाडौँ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘लिडरसिप एक्सिलेन्स अवार्ड २०२३’ सम्पन्न भएको छ ।

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ दिने ‘लिडरसिप एक्सिलेन्स अवार्ड २०२३’ सम्पन्न भएको हो ।

चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा साउन १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम ‘सार्क वर्षः पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरको सहभागिता थियो ।

पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेका सम्पूर्ण प्रगतिका सहयात्रीलाई धन्यवाद ज्ञापन गरे ।

नेपाल लाइफ आफैँमा जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको र यससँग जोडिन पाउनु हर्षको विषय रहेको उनले बताए । पराक्रमी गति आक्रामक नीति नारासहित सार्क वर्षको अवधारणालाई आत्मसात गर्दै कम्पनी अघि बढेको उनले बताए ।

कार्यक्रममा बोल्दै सञ्चालक विमलप्रसाद ढकालले यस कम्पनीका बीमा अभिकर्ताहरूले बीमालाई नेपालीको घरदैलोमा पुर्‍याउन गरेकाे योगदानका निम्ति धन्यवाद ज्ञापन गरे ।

आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनमा सफलताका लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बोल्दै आगामी दिनमा व्यवसाय गर्दा नियमनकारी निकायद्वारा जारी गरिएका नीतिनियमको अधिनमा रही व्यवसाय गर्न सबैलाई आग्रह गरे । यसका साथ साथै एएमएल सिएफटिको महत्व र अपराहर्यताको बारेमा प्रकाश पारे ।

उनले विगतलाई स्मरण गर्दै नेपाल लाइफ यहाँ सम्म आइपुग्दा धेरै नै उतारचढावको सामना गर्नु परेको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरे  । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आवको कार्यसम्पादनका लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाटै दत्तचित्त भई कार्य गर्न आह्वान गरे ।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानका साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो ।

त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने वसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोडतर्फ क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने खुसी भट्ट, शान्ता राजवंशी, भीमा पन्थीलाई अवार्डका साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।