सरकारलाई ओलीकाे प्रश्न : देशमै बिजुली पुगेकाे छैन, बाहिर बेच्याैँ भनेर के हुन्छ ?

सरकारलाई ओलीकाे प्रश्न : देशमै बिजुली पुगेकाे छैन, बाहिर बेच्याैँ भनेर के हुन्छ ?


काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशले नक्कली ढंगले विद्युत् बचत छ भनेर निर्यात गरिरहेको दाबी गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को विचार गोष्ठी कार्यक्रममा उनले देशमा माग अनुसारको आपूर्ति गर्न नसकेको अवस्थामा नक्कली ढंगले विद्युत बचत छ भनेर निर्यात गरिरहेको भन्दै ऊर्जा बेच्यौँ भन्ने कुरा निरर्थक भएको तर्क गरे ।

उनले भने, ‘अहिलेको अवस्था विद्युत् निर्यात गरिरहेका छौँ भन्ने, हाम्रो मागअनुसारको आपूर्ति गर्न सकेका छैनौँ । नक्कली ढंगले विद्युत् बचत छ भनेर निर्यात गरिरहेका छौँ । किनकि थुप्रै उद्योगले विद्युत् पाएका छैनन् । आवश्यकताअनुसारको पाउनुपर्ने पाएका छैनन् । त्यस अनुसारको माध्यम नभएर पनि पाएका छैनौँ । यस्तो अवस्थामा हामीले ऊर्जा बेच्यौँ भन्ने कुरा निरर्थक छ । धेरै नोक्सान सहेर बेचेका छौँ ।’

उनले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा कस्ता नीतिको साथ जान लागेको केही छलफल नगरी गएर खुर्केट कर्णाली सुम्पिएर आएको आरोप लगाए ।

उनले भने, ‘प्रधानमन्त्रीले भारत भ्रमणको समयमा कस्ता नीतिको साथ जान लागेको ? के के छ योजना केही भन्नुभएन । केही छलफल नगरी खुर्केट कर्णाली सुम्पिएर आउनुभो ।’

उनले विद्युत् प्रयोग जो-कोहीले पनि गर्न पाउने तर नियन्त्रण आफ्नो देशको हुनुपर्ने धारणा राखे ।