आज पनि ओरालो लाग्यो सुनको भाउ, ५ दिनमा १४ सयले घट्यो

आज पनि ओरालो लाग्यो सुनको भाउ, ५ दिनमा १४ सयले घट्यो


काठमाडौं ।
गत सोमबार देखि निरन्तर ओरालो लागेको सुनको भाउ शुक्रबार पनि ओरालो लागेको छ ।

बिहिबारको तुलनामा शुक्रबार सुन तोलामा २ सयले ओरालो लागेको हो ।

हिजो १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
यो सँगै यो साता सुनको भाउ १४ सयले घटेको छ । सोमबार १ सय, मंगलबार ३ सय, बुधबार १ सय, बिहीबार ७ सय र आज शुक्रबार २ सय रुपैयाँले सुनको भाउ घटेको छ ।