नमाेबुद्धले स्वास्थ्य संस्थालाई बाँड्याे स्वास्थ्य सामग्री

नमाेबुद्धले स्वास्थ्य संस्थालाई बाँड्याे स्वास्थ्य सामग्री


काभ्रे ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

नगर प्रमुख कुन्साङ लामाले स्वास्थ्य सेवा विभागमार्फत प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीलाई हस्तान्तरण गरे ।

लामाले स्वासप्रश्वासका बिरामी बढ्दै गएको, डेङ्गु तथा कोरोनालगायतको जोखिम उत्तिकै रहेकाले प्राप्त सामग्री निकै उपयोगी हुने बताए । उनले अक्सिजन कन्सन्ट्रेटर २, पल्स अक्सिमिटर ३, सिटामोल ३ हजार चक्की, आइरन चक्की १२ हजार, सर्जिकल माक्स ४ हजार थान र एन ९५ माक्स २ हजार हस्तान्तरण गरे ।

यस्तै धुलिखेल नगरपालिका –१ स्थित देविटार स्वास्थ्य चौकीलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नगर उपप्रमुख निराजन जंगमले विभागबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर ५, पल्स अक्सिमिटर ५, थर्ममिटर ५ थान, सिटामोल २ हजार चक्की, आइरन चक्की १० हजार, सर्जिकल माक्स ६ हजार थान र एन ९५ माक्स ४ हजार थान, नाभी मलम १ हजार थान स्वास्थ्यचौकी प्रमुख झलक दर्लामीलाई हस्तान्तरण गरे ।