ग्राहकहरूका डाटा,गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिन्छौं : एनसेल

ग्राहकहरूका डाटा,गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिन्छौं : एनसेल


काठमाडौं ।

एनसेलले आफ्नो प्रणालीमा टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) नजोडेको भन्दै स्पष्ट पारेको छ।

साथै कम्पनीले कुनै पनि परिस्थितिमा आफ्ना ग्राहकहरुसँग सम्बन्धित डाटामा सम्झौता नगर्ने र कुनैपनि अनधिकृत वा गैरकानुनी उद्देश्यका लागि त्यस्तो जानकारी प्रयोग गर्नबाट रोक्ने प्रतिवद्धता पनि जनाएको छ।

एनसेलले एक विज्ञप्ति जारी गर्दै भनेको छ। ‘हामी ग्राहकहरूका डाटा,गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिन्छौं। हाम्रा ग्राहकहरूको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति दिइएको छैन। न त हामी कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नै भएका छौं’,

एनसेलले टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकहरूको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेको जानकारी पनि दिएको छ।