सुनिलको ठाउँमा सिद्धार्थ महाधिवेशन प्रतिनिधि

सुनिलको ठाउँमा सिद्धार्थ महाधिवेशन प्रतिनिधि


काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि धनकुटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

धनकुटाबाट खुलातर्फ प्रतिस्पर्धा गरेका सिद्धार्थले ६५७ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका हुन्।  उनका बुवा सुनिल थापा २०७७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनी हाल कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य छन्।

यसपटक सुनिल थापा स्वयं महाधिवेशन प्रतिनिधिमा उम्मेदवार नबनी छोरा सिद्धार्थलाई अघि सारेका थिए। सिद्धार्थको निर्वाचित भएसँगै धनकुटामा कांग्रेसको महाधिवेशन प्रक्रियामा नयाँ पुस्ताको सहभागिता र नेतृत्व विकासबारे चर्चा सुरु भएको छ।