थप ३ कम्पनीले पायो ब्रोकर लाइसेन्स

थप ३ कम्पनीले पायो ब्रोकर लाइसेन्स


काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले ३ वटा धितोपत्र दलाल व्यवसायीलाई इजाजत दिएको छ ।

२४ साउनमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले सीमित कार्य गर्ने ३ वटा सेयर ब्रोकरलाई लाइसेन्स दिएको हो ।

जेबीएनएल सेक्युरिटिज कम्पनी, आरबीबी सेक्युरिटिज कम्पनी र सीबीआईएल सेक्युरिटिज कम्पनीलाई सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको इजाजत दिएको हो ।

धितोपत्र दलाल व्यवसायीका लागि बोर्डमा आवेदन दिएका ४३ कम्पनीलाई बोर्डले पूर्व स्वीकृति दिएको थियो । जसमध्ये ३२ वटा दलाल व्यवसायीले इजाजात पाएको हो ।