रियलमीकाे चाैथाे सर्भिस सेन्टर पाेखरामा

रियलमीकाे चाैथाे सर्भिस सेन्टर पाेखरामा


पोखरा ।

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ । पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक संख्यालाई ध्यानमा राख्दै उनीहरूलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘पोखरामा पनि हाम्रो आफ्नै सेवा केन्द्र स्थापना गर्न पाउँदा हामी अत्यन्तै उत्सहित छौँ । नेपालभरि छरिएर रहेका हाम्रा ग्राहकवर्गलाइ राम्रो स्तरको सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताअनुरुप हामीले पोखरामा चौथो सेवा केन्द्र स्थापना गरेका छौँ । हामीलाई आशा छ यो सेवा केन्द्रमार्फत हाम्रा ग्राहकहरूले स्मार्टफोनसम्बन्धी हरेक समस्याको सहज रुपमा समाधान पाउन सक्नुहुनेछ ।’

रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल्स र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर, सक्षम जाटियाले भने, ‘हाम्रो निरन्तर रुपमा वृद्धि भइरहेको लोकप्रियताले रियलमीप्रतिको नेपाली ग्राहकहरूको विश्वासलाई झल्काएको छ । यो साथ र विश्वासको लागि हामी सम्पूर्ण नेपाली ग्राहकवर्गहरू प्रति आभारी छौं।’

यस नयाँ सेवा केन्द्रको उद्घाटनसँगै आफ्ना ग्राहकहरूलाई राम्रो स्तरको सेवा र सुविधा प्रदान गर्ने रियलमीको प्रयासलाई नयाँ उचाईमा पु¥याएकोछ । यस सेवा केन्द्रमा ग्राहकहरूले अत्याधुनिक प्राविधिक सहयोग र असली पार्ट-पुर्जाहरू लगयत सफ्टवेयर सम्बन्धि मर्मत सेवाहरू प्राप्त गर्न गर्नेछन् ।

त्यस्तै यस सेवा केन्द्रमा दक्ष र तालिमप्राप्त कर्मचारीहरू छन् । ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै फोनमा आइपर्न सक्ने जुनै समस्याको चुस्त र सहज रूपमा समाधान गर्ने उद्देश्यको साथ यस सेवा केन्द्रको स्थापना गरिएको कम्पनीले जनाएको छ ।

रियलमीले कम मूल्यमा फ्ल्यागसिप स्तरका सुविधाहरू प्रदान गर्दै आएको छ जसका कारण यो ब्रान्ड नेपालमा चाँडै लोकप्रिय बन्न सफल भएको छ ।

पोखराको चिप्लेढुंगास्थित मोबाइल टावरमा खोलिएको यो नयाँ रियलमी सर्भिस सेन्टर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्छ । ग्राहकहरूले आधिकारिक रियलमी वेबसाइट र एपमार्फत् अनलाइन पनि सपोर्ट पाउन सक्नेछन् ।