मण्डनदेउपुरले सुरु गर्‍याे लम्पी स्किनविरुद्धकाे निःशुल्क खाेप

मण्डनदेउपुरले सुरु गर्‍याे लम्पी स्किनविरुद्धकाे निःशुल्क खाेप


काभ्रे ।

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले किसानका गाईभैँसीलाई लम्पी स्किनविरुद्धकाे खाेप दिन थालेकाे छ ।

नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख ध्रुवप्रसाद पराजुलीका अनुसार गाई र भैँसीमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप सप्ताह सुरु गरिएकाे हो । शुक्रबारदेखि पालिकाका १२ वटै वडामा निःशुल्क खोप अभियान सञ्चालनमा ल्याइएको उनले बताए ।

पालिकामा हालसम्म लम्पी स्किन रोगका कारण ७८ वटा गाई मरिसकेका छन् । नगरपालिकाले यसअघि ६ हजार ४५७ वटा गाई र १५० वटा भैँसीमा लम्पी स्किनविरुद्धको खोप निःशुल्क लगाएको छ ।

खोप सप्ताहका लागि १० जना पशु सेवा प्राविधिक परिचालित गरिएकाे छ । जसमा वडा-३ र ४ मा १ जना, ७ र ८ मा १ जना र  बाँकी वडामा १ जनाका दरले प्राविधिक खटाइएको छ ।