अब सिटिजन बैंकका ग्राहकलाई चौराह हस्पिटलमा १० प्रतिशत छुट

अब सिटिजन बैंकका ग्राहकलाई चौराह हस्पिटलमा १० प्रतिशत छुट


काठमाडौँ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिकानगर, बुटवलस्थित चौराह हस्पिटल प्रालिबीच विशेष छुटका लागि समझदारी भएको छ ।

शुक्रबार बैंक र हस्पिटलबिच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । साझेदारी अनुसार बैंकका कार्डबाहक ग्राहकले चौराह हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा छ ।

बैंकले देशैभर १८८ शाखा, १४७ एटिएम, ३ विस्तारित काउन्टर र ९७ शाखारहित बैंकिङ एकाइमार्फत् सेवा दिँदै आएको छ ।