अप्पर लोहोरेकाे आइपिओ बाँडफाँट भाेलि, कति जनाकाे हात खाली ?

अप्पर लोहोरेकाे आइपिओ बाँडफाँट भाेलि, कति जनाकाे हात खाली ?


काठमाडौँ ।

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ भाेलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले साउन २९ गते साँझ ५ बजे आइपिओ बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको आइपिओमा १३ लाख ४३ हजार २६ आवेदकबाट १ अर्ब ५१ करोड ३२ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ३२ हजार २१० कित्ता सेयरको लागि आवेदन परेको थियो । जुन सर्वसाधारणलाई निष्कासन गरेको १९ लाख ५३ हजार २७९ कित्ता सेयरको ७.७४ गुणा बढी हो ।

कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले ३९ हजार ७६५ कित्ता सेयर कर्मचारीहरूका लागि र ९९ हजार ४१२ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । कम्पनीले आयोजना प्रभाविन क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कम्पनीको आइपिओ माग भन्दा बढी आवेदन परकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ । जसअनुसार योग्य आवेदक मध्ये १ लाख ९५ हजार ३२७ जनाले मात्रै सेयर पाउने देखिन्छ । सोहीमध्येका ९ जनाले थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् । बाँकी ११ लाख ४७ हजार ६९९ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले प्रबर्द्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ छ ।