२६ प्रतिशत घट्याे रुरु जलविद्युत् परियोजनाकाे नाफा

२६ प्रतिशत घट्याे रुरु जलविद्युत् परियोजनाकाे नाफा


काठमाडौँ । रुरू जलविद्युत् परियोजनाले गत आर्थिक वर्षको चाैथो त्रैमाससम्म आइपुग्दा ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा २६.०७ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ९ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १६.६३ प्रतिशतले घटेर १३ करोड ४९ लाख रुपैयाँमा आएको छ ।

अघिल्लो वर्ष यसैअवधिमा विद्युत् बिक्रीबाट यस कम्पनीले १६ करोड १९ लाख रुपैयाँ आर्जन गरेको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले पनि नाफा प्रभावित भएको हो ।

साथै, कम्पनीको बिक्री लागत पनि ४ करोड ४८ लाख रुपैयाँ नोक्सानमा छ । यसले पनि नाफामा असर गरेको हो ।

नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा बारम्बार समस्या आउँदा विद्युत उत्पादनमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ ।

असार मसान्तसम्म आइपुग्दा रुरूको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७६ पैसाबाट घटेर १३ रुपैयाँ ९५ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २८ पैसा छ ।