के हाे नबिलकाे ढुक्क घर कर्जा ? कति तिर्नुपर्छ ब्याज ?

के हाे नबिलकाे ढुक्क घर कर्जा ? कति तिर्नुपर्छ ब्याज ?


काठमाडौँ ।

नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना ल्याएको छ ।

बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउन २ स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको हो ।

बैंकले ७ वर्षका लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षका लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएकाे हाे ।

बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठका अनुसार हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनको कुरालाई ध्यानमा राखेर ‘नबिल ढुक्क घर कर्जा’ ल्याइएको हो ।

नयाँ योजना अन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुने बैंकको भनाइ छ ।

बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन् ।

योजनाले २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सेवा निःशुल्क दिनेछ ।