होन्डाले किन बन्द गर्‍याे एक्सब्लेडको उत्पादन ?

होन्डाले किन बन्द गर्‍याे एक्सब्लेडको उत्पादन ?


काठमाडौं ।

होन्डाले १६० सीसी सेग्मेन्टमा स्पोर्टी कम्यूटर मोटरसाइकल ल्याएसँगै एक्सब्लेडको उत्पादन बन्द गरेको छ ।

कम्पनीले केहि दिन अघि मात्र एसपी १६० सार्वजनिक गरेको थियो ।

जापानी मोटरसाइकल निर्माता कम्पनी होन्डाले यूनिकर्न १६० को इन्जिनमा ल्याएको नयाँ स्पोर्टी मोटरसाइकलले टीभीएस अपाचे आरटीआर १६० टू भीसँग प्रतिस्पर्धा गर्नेछ ।

योसँगै कम्पनीले एक्सब्लेडको उत्पादन बन्द गरेको हो । कम्पनीले हालका लागि नयाँ डिजाइनमा ल्याएको एसपी १६० मा फोकस हुने योजना अनुरुप एक्सब्लेडको उत्पादन बन्द गरेको हो ।

निकट भविष्यमा कम्पनीले परिमार्जन सहितको एक्सब्लेड ल्याउन सक्ने अनुमान गरिएको छ ।