काठमाडौं । नेपाली कांग्रेसका चार सांसदले आईजीपीको हठात् सरुवा, बिचौलिया इनम सापकोटाको मोबाइल प्रकरण, प्रमाण नष्ट गर्ने प्रयास र सञ्चारगृहमाथिको हस्तक्षेपबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।
उनीहरूले समिति सभापति हरि ढकाललाई निवेदन बुझाउँदै यी गम्भीर विषयमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुखलाई नै बैठकमा उपस्थित गराएर जवाफ माग्नुपर्ने अडान राखेका छन्।
यसअघि राप्रपा र नेकपाका सांसदले पनि बैठक बोलाउन माग गरिसकेका छन्।

प्रतिक्रिया