सामसङकाे जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ सार्वजनिक, के छन् विशेषता ?

सामसङकाे जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ सार्वजनिक, के छन् विशेषता ?


काठमाडाैँ ।

सामसङले औपचारिक रूपमा ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ सार्वजनिक गरेको छ।

प्रविधि र अनुसन्धानको क्षेत्रमा विश्व अग्रणी सामसङले नेपालमा स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ सार्वजनिक गरेको हो।

सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल २०२२ प्रियंकारानी जोशीद्वारा संयुक्त रूपमा ती नयाँ मोबाइलहरूको अनावरण गरिएको हो।

अनावरण कार्यक्रममा नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को विभिन्न विशेषता जस्तै पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, इमर्सिभ भिउइंग, सेल्फी र क्ष्एह्ड रेटिङलाई फेसन रन–वेमा मोडलहरूले प्रदर्शित गरेका थिए।

ग्यालेक्सी जेड फ्लिप ५ को नयाँ फ्लेक्स विन्डाेमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड ५ मा मल्टिटास्किङहरू गर्नसम्म सकिने, ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरूको उच्चतम आवश्यकताहरूलाई पूरा गरेर त्यसलाई अझ नयाँ स्तरमा पुर्‍याउने सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए।

यस्ता छन् विशेषता

ग्यालेक्सी जेड फ्लिप ५

ग्यालेक्सी जेड फ्लिप ५ सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको उपकरण हो। जसले स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङहरू मिन्ट, लाभेन्डर र कालोमा उपलब्ध छ । यो ८+२५६ जिबीमा मात्र उपलब्ध छ र यसको मूल्य रु. १,३९,९९९ तोकिएको छ।

ग्यालेक्सी जेड फोल्ड ५

वाइड स्क्रिन र धेरै समय चल्ने ब्याट्रीसहितको सबैभन्दा पातलो र हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली परफर्मेन्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड ५ कालो र निलो गरी दुई प्रकारका आकर्षक रंगहरूमा पाइनुका साथै १२ जिबी मेमोरीसहितका २५६ जिबी र ५१२ जिबी स्टोरेजमा उपलब्ध छन् । ग्यालेक्सी जेड फोल्ड ५ १२+२५६ जिबी को मूल्य रु. २,२६,९९९ र ग्यालेक्सी जेड फोल्ड ५ १२+५१२ जिबीको मूल्य रु. २,३९,९९९ कायम गरिएको छ।

यी मोडलहरुको प्रि-अर्डर २०८० साउन २२ गतेदेखि नै सुरु भइसकेको छ। यसका साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमा ग्राहकले रु. २५,००० सम्मको फाइदा हुने केही आकर्षक उपहारहरू पनि रोज्न सक्ने कम्पनीले जनाएको छ।