ग्राहक बनेर पुगेकाे टाेलीले एलओडीमा छापा मार्‍याे

ग्राहक बनेर पुगेकाे टाेलीले एलओडीमा छापा मार्‍याे


काठमाडौँ ।

काठमाडौँको ठमेलमा रहेको नाइट क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।

विभागको टोलीले एलओडीमा छापामा मारेर कागजात नियन्त्रणमा लिएको छ । गत शुक्रबार विभागको टोलीले छापा मारेर कागजात लिएको हो ।

ग्राहक बनेर गएको निर्देशकसहितको विभागका टोलीले छापा मारेको हो ।  नियन्त्रणमा लिएको एलओडीको कागजातमाथि विभागले अनुसन्धान गरिरहेको छ ।