अब कुनै पनि पुरानो गाडी ल्याउनुहोस् नयाँ ‘एमजी जेडएस ईभी’ लैजानुहोस्

अब कुनै पनि पुरानो गाडी ल्याउनुहोस् नयाँ ‘एमजी जेडएस ईभी’ लैजानुहोस्


काठमाडौं ।

एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले एक्सचेन्ज अफर ल्याएको छ ।

आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एमजीले एक्सचेन्ज अफर ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन् ।

साउन २६ देखि भाद्र २४ सम्म लागु हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरस्थित डिलरहरुमा उपलब्ध हुनेछ ।

यस अवधिमा ग्राहकहरुले आफ्नो पुरानो गाडीको उच्चतम मूल्यांकन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन् ।