नेप्सेमा पहिरो, म्युचुअल फण्ड उपसूचकमा भने उछाल

नेप्सेमा पहिरो, म्युचुअल फण्ड उपसूचकमा भने उछाल


काठमाडौं ।

कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

म्युचुअल फण्ड उपसूचकमा भने उछाल आएको छ ।

मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ५६ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाखको कारोबार भएको छ ।

नेप्सेघटेसँगै १२ वटा उपसूचकमा रातो पोतिएको छ भने म्युचुअल फण्ड उपसूचक २८.९० प्रतिशतले बढेको छ ।

आज उत्पादन तथा प्रशोधन उपसूचक सर्वाधिक ४.२६ प्रतशितले घटेको छ । त्यस्तै, हाइड्रोपावर, फाइनान्स र होटल तथा पर्यटन उपसूचक क्रमशः २.३१, २.२४ र २.१५ प्रतिशतले घटेको छ ।