देशभर फैलिँदै बालेन अभियान : मुसीकाेटमा पनि अवैधानिक संरचना हटाइँदै

देशभर फैलिँदै बालेन अभियान : मुसीकाेटमा पनि अवैधानिक संरचना हटाइँदै


रुकुम पश्चिम ।

मापदण्ड र नियमविपरीत बनाइएकाे संरचना हटाउने काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहकाे अभियान देशव्यापी फेलिँदै गएकाे छ ।

रुकुम पश्चिमकाे मुसीकोट नगरपालिकाले पनि मापदण्ड मिचेर बनाइएका भाैतिक संरचना हटाउने भएकाे छ । यसका लागि नगरपालिकाले अवैधानिक संरचना हटाउन ३० दिनकाे अल्टिमेटम दिएकाे छ ।

सडक मापदण्डभित्र पर्ने घर, टहरा, घुम्ती हटाउन पालिकाले सार्वजनिक सूचना जारी गरेकाे छ । सडक छेउमा जथाभावी बनाइएका घर, टहरा तथा घुम्तीले सडक दुर्घटना बढाएकाले सूचना जारी गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

साे अवधिभित्र नहटाए नगरपालिकाले आफैँ भत्काउने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिए । बजार क्षेत्रमा सडक छेउमा सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाउनेकाे संख्या बढेपछि नगरपालिकाले यसमा चासाे देखाएकाे हाे ।