ठगी आराेपमा हार्डवेयर सञ्चालक र हाेटल सञ्चालक पक्राउ

ठगी आराेपमा हार्डवेयर सञ्चालक र हाेटल सञ्चालक पक्राउ


धनगढी ।

ठगी गरेको आरोपमा कैलालीका २ जना व्यवसायी पक्राउ परेका छन् ।

सोमबार घोडाघोडी नगरपालिका–१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका–५ का यज्ञ तिवारी ठगी आरोपमा पक्राउ परेका हुन् ।

हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका सञ्चालक तिवारीलाई सोमबार पक्राउ गरी थुनामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। तिवारीका नाममा आधा दर्जन उजुरी परेका छन् भने चौलागाईंका नाममा जग्गा ठगीको उजुरी प्रशासन कार्यालयमा परेको थियो।

दुवै जनालाई प्राप्त उजुरीका आधारमा मिटर ब्याजअन्तर्गत आपराधिक विश्वासघात, ठगी र अभद्र व्यवहार समेतको मुद्दा चलाइएको छ। म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले बताए ।