रिलायबल लाइफ इन्सुरेन्सको आइपिओ आज बाँडफाँट हुने

रिलायबल लाइफ इन्सुरेन्सको आइपिओ आज बाँडफाँट हुने


काठमाडौं ।

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपिओ बुधबार बाँडफाँट हुने भएको छ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीको आइपिओ आज साँझ ५.३० बजे सिटिसी मल सुन्धारा, काठमाडौंमा रहेको आफ्नै कार्यालयमा बाँडफाँट हुने छ ।

यस कम्पनीको आइपीओमा मागभन्दा १.८२ गुणा बढी आवेदन परेको छ। यसकारण गोलाप्रथाबाट आइपिओ बाँडफाँट हुनेछ। यसमा १४ लाख ७७ हजार ८७७ जनाले कुल १ करोड ७४ लाख ८६ हजार २८० कित्ताको लागि आवेदन दिएका छन्।

जसमा ९ लाख ६० हजारले सेयर हात पार्नेछन्। बाँकी ५ लाख १७ हजार ८७७ जनाको भने हात खाली हुनेछ।

कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँको दरले सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर बिक्री खुला गरेको थियो।