रोशीका १३५ परिवारले पाए २४सै घन्टा बिजुली

रोशीका १३५ परिवारले पाए २४सै घन्टा बिजुली


काभ्रे ।

रोशी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन वितरण गरिएको छ ।

गाउँपालिका–११ स्थित कालढुंगामा केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय १३५ परिवारले २४सै घन्टा बिजुली बाल्न पाएका छन् ।

उक्त विद्युतीकरणको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले एमसिबी बक्समा ‘स्वीच अन’ गरेर उद्घाटन गरेका छन्। लामाका अनुसार उक्त वडामा केही समयअघि ३८ परिवारकामा केन्द्रीय विद्युत् लाइन जोडिसकिएको थियो ।

यसअघि सो वडाका बासिन्दाले लघुविद्युत्बाट बिजुली बाल्दै आएका थिए ।

५ करोडमा ठेक्का लगाइए पनि हाल शाखा लाइन विस्तारका लागि ३ करोड खर्च भएको गाउँपालिकाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा र वडाध्यक्ष लालकुमार पाख्रिनले वडामा बाँकी परिवारलाई केन्द्रीय प्रसारण लाइन विस्तारका लागि निरन्तर काम भइरहेको बताए ।