भोलिदेखि हिमालय बैंकले सर्वसाधारणलाई म्युचुअल फन्ड बेच्ने

भोलिदेखि हिमालय बैंकले सर्वसाधारणलाई म्युचुअल फन्ड बेच्ने


काठमाडौं ।

हिमालय बैंकले सर्वसाधारणमा १० करोड इकाई म्युचुअल फन्ड बिक्री गर्ने भएको छ ।

बैंकले बिहीबारदेखि प्रति इकाई १० रुपैयाँ दरका १० करोड इकाई ‘हिमालयन ८०–२९’ म्युचुअल फन्ड बिक्री गर्ने भएको हो ।

कूल निष्काशन इकाई मध्ये एक करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईहरु कोष प्रवद्धक हिमालयन बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी रहेको ८ करोड ५० लाख इकाईहरु स्वीकृत विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक गरिने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

इच्छुक लगानीकर्ताले छिटोमा साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलामा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

‘हिमालयन ८०–२०’ नामक योजनाको कुल लगानी मध्ये ८० प्रतिशत पुँजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिंग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पुँजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरी लगानी कर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरी संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।