एप्पलले सस्तो मूल्यको टाइप सी पोर्टवाला आइफोन ल्याउने

एप्पलले सस्तो मूल्यको टाइप सी पोर्टवाला आइफोन ल्याउने


काठमाडौं ।

एप्पलले सस्तो मूल्यको आइफोन एसई ४ पनि बजारमा ल्याउने तयारी गरेको छ ।

आइफोन १५ सिरिज लञ्च गर्ने तयारी गरिरहेको एप्पलले आइफोन १५ पछि आइफोन एसई ४ ल्याउने तयारी गरेको छ ।

बजेट फोनको रुपमा रहेको नयाँ पुस्ताको आइफोन एसई ४ सबैभन्दा सस्तो टाइप सी पोर्टवाला आइफोन हुनेछ ।

यसअघि सार्वजनिक समाचारहरु अनुसार समतल किनारा र डिस्प्ले नचका कारण आइफोन एसई ४ को डिजाइन आइफोन १४ जस्तै रहनेछ ।

साथै यसमा पूरानो फिजिकल पावर बटनको साटो फेस आइडी राखिने सम्भावना छ । हालको आइफोन एस ई थ्री मा फिजिकल पावर बटन छ । यो फिजिकल बटन भएको एप्पलको एकमात्रै आइफोन हो ।

एप्पलले आइफोन १५ सिरिजमा राख्न लागेको टाइप सी पोर्ट आइफोन एसई ४ मा पनि हुनेछ जसले यस मोडेलमा रहेको पूरानो लाइटनिङ पोर्टलाई विस्थापित गर्नेछ ।

फोनको पछाडिको भागमा एउटा मुख्य क्यामरा हुनेछ । आइफोन एसई ४ मा आइफोन १५ सिरिजमा हुने भनिएको एक्सन बटन पनि रहने बताइएको छ । यसले प्रयोगकर्तालाई डिस्प्लेमा शर्टकटहरु थप्न र प्रयोगकर्तालाई सबैभन्दा धेरै प्रयोग हुने एप तथा क्यामरा खोल्न सजिलो पार्नेछ ।

आइफोन एसई ४ मा ए१५ वा ए१६बायोनिक चिप हुने र फाइभ जी सपोर्ट गर्ने बताइएको छ । यसको आधारभूत मोडेलमा १२८ गिगाबाइट स्टोरेज क्षमता हुनेछ ।

यो आइफोन आगामी सन् २०२४ को अन्तीमसम्ममा सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ । यसको मूल्य विगतका सिरिजको मूल्यका आधारमा आइफोन एसई सबैभन्दा सस्तो टाइप सी पोर्टवाला आइफोन हुने चाहीँ पक्का छ ।