बिजुली लाइन तान्ने क्रममा मृत्यु भएका रावतको परिवारलाई क्षतिपूर्ति दिने सहमति

बिजुली लाइन तान्ने क्रममा मृत्यु भएका रावतको परिवारलाई क्षतिपूर्ति दिने सहमति

२४ घन्टापछि खुल्यो नाग्म-गमगढी सडक


मुगु ।

विद्युत् लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट मृत्यु भएका कणर्बहादुर रावतको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै अवरुद्ध गरिएको कणर्ाली राजमार्गको सिन्जा सडकखण्डअन्तर्गत नाग्म-गमगढी सडक २४ घन्टापछि सञ्चालनमा आएको छ ।

मृतकको परिवालाई उचित क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाहीको माग गर्दै स्थानीयले मंगलबारबाट विरोध गर्दै अएका थिए । तर, बुधबार भने स्थानीय र मृतकका आफन्तले दिनभरि नै सडक अवरुद्ध गरे ।

मृतकको उपचारमा लागेको खर्च १८ लाख रुपैयाँ प्राधिकरणका तर्फबाट दावासिंह जेभी र गाडी समितिले आधा-आधा रकम तिर्ने, मृतकको बालबच्चाको भरणपोषणका लागि ५ लाख रुपैयाँ राहत दिने, जेभीले मृतकको अन्तिम संस्कारका लागि ९० हजार रुपैयाँ उपलब्ध गराउने तथा परिवारका एक सदस्यलाई नेपाल विद्युत् प्राधिकरणले कर्मचारीमा नियुक्ति गर्नेलगायत विषयमा सम्झौता भएपछि २४ घन्टापछि बन्द सडक खुलाइएको कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले जानकारी दिए ।

गत साउन १४ गते कनकासुन्दरी- २ मालिकावोता देउतीमाडुमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको काम गरिरहेका ४१ वर्षीय स्थानीय कणर्बहादुर रावतलाई तीव्र गतिमा आएको ना५ख १८८४ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको थियो ।