किसानकाे गुनासाे- जंगली जनावर मारे कारबाही हुन्छ, नमारे खेती उठाउनै पाइँदैन

किसानकाे गुनासाे- जंगली जनावर मारे कारबाही हुन्छ, नमारे खेती उठाउनै पाइँदैन


kf]v/f,!^ h]7 M ds}afnL gi6 ub}{ afFb/ kf]v/f dxfgu/kflnsf–!( sf ls;fgn] nufPsf] ds}af/Ldf k;]/ ds} vfFb} afFb/ . 3f]uf nfUb} u/]sf ds} afFb/n] vfg yfn]kl5 afnL hf]ufpg :yfgLo ls;fgnfO{ x}/fg ePsf] 5 . t:jL/M /flwsf sF8]n÷ /f;;

डडेल्धुरा ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ मा किसानले लगाएको मकै बाली जंगली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ ।

बुधबार जंगली जनावरले नष्ट पारेको मकै बालीको अनुगमन गर्न खेतमै पुगेका वडा नं २ का अध्यक्ष दिलबहादुर विष्टले बगाल र बेडपानीमा बढी क्षति पुर्‍याएको बताए । बर्सेनि जनावरका कारण किसानले हैरानी खेप्नु परिरहेको जनप्रतिनिधि बताउँछन् ।

जंगली जनावरले मकै, भटमास र धानबारीमा र मार्सीमा व्यापक क्षति पुर्‍याएको छ । वडा कार्यालयका अनुसार करिब ५० लाख रुपैयाँ बराबरकाे क्षति भएको छ ।

स्थानीय दानबहादुर साउदले हराभरा भएको खेतीपाती सखाप भएको देख्दा दुःख लागेको बताए। उनले भने, ‘जंगली जनावर मारे कारबाही हुन्छ, नमारे हुलका हुल बारीमा आउँछन्, सखाप पारेर जान्छन्, के गर्ने हाम्रा लागि पहल गरिदिनु पर्‍यो ।’

उनले आफ्नो दुःखेसो पालिका प्रमुखलाई पनि सुनाएको र पालिका प्रमुख लक्ष्मी अवस्थीले बैठक बसेर केही व्यवस्थापन गर्ने आश्वासन दिएको सुनाए ।

वडा नं २ कै दुर्गादेवी साउदलाई १४ जनाको परिवार यसै खेतीको आशामा बाँचेकाले यसपालि के खाने भन्ने चिन्ता छ । पोहोर साल गाउँमै रहेका केहीलाई बँदेलले घाइते बनाएकाले पहरा दिन पनि डर छ । ‘खेतीपाती लगाएर उल्टो दुःख मात्रै पाइन्छ’, उनको दुःखेसो छ ।

साउदका अनुसार प्रायः रातमा आएर खाने जंगली जनावर धपाउन महिलालाई ठुलो चुनौती छ । रातभर जाग्राम बस्दा पनि खेती बचाउन मुस्किल हुन्छ । स्थानीय गणेशबहादुर साउदका अनुसार ५० देखि ६० रोपनी जमिनमा लगाएको सबै खेतीपाती पूर्ण रूपमा सखाप भएको छ ।

तत्कालका लागि राहत र दीर्घकालीन रूपमा खेतबारीको संरक्षणका लागि सम्बन्धित निकायले पहल गरिदिनुपर्ने माग स्थानीयबासीको छ । किसानको क्षतिका बारे पालिका, कृषि ज्ञान केन्द्र र डिभिजनल वन कार्यालयलाई मौखिक जानकारी गराएकोमा लिखित रूपमा दिने काम भइरहेको जनाइएको छ ।

जंगली जनावरका कारण अजयमेरु–१ समैजी, अमरगढी, गन्यापधुरा, भागेशवरका किसानले हैरानी खेप्नुपरेको छ । सरकारले स्थायी समाधानका लागि घेरबार तथा दिगो समाधान गरिदिनुपर्ने स्थानीयबासीको माग छ ।