जमिन भासिएर घर नै सेतीमा खस्ने जोखिमपछि स्थानीयकाे उद्धार

जमिन भासिएर घर नै सेतीमा खस्ने जोखिमपछि स्थानीयकाे उद्धार


काठमाडौँ ।

अविरल वर्षाका कारण सेती नदी किनारामा जोखिम बढेपछि उक्त स्थानमा रहेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

नेपाली सेनाले अन्य निकायको समन्वयमा जोखिममा परेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

तनहुँकाे शुक्लागण्डकी-४, पुल्चोकमा रहेका ३ वटा घर जमिन भासिएर सेती नदीमा खस्ने जोखिम बढेपछि बुधबार नेपाली सेनालाई उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

जोखिममा रहेका घरहरूबाट स्थानीयबासीको लत्ता कपडा, खाद्यान्न तथा भाँडावर्तनलगायत सामग्रीसमेत सुरक्षित स्थानमा लगिएको छ ।