‘लाखौँ लगानीकर्ताको रकम जोखिममा छ’

‘लाखौँ लगानीकर्ताको रकम जोखिममा छ’


काठमाडौँ ।

नेपाल धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालयलगायत अन्य निकायलाई नेपालको पुँजी बजार गम्भीर अवस्थामा रहेको भन्दै तत्काल सुधारको माग गर्दै ध्यानाकर्षण गराइएको छ ।

सेयर लगानीकर्ताहरूको तर्फबाट तिलक कोइरालाले पुँजी बजारमा आपूर्तिको खोला बगाउने, माग सिर्जना हुने कुनै पनि काम नगर्ने, लाखौँ लगानीकर्ताको रकम जोखिममा पार्ने काम भइरहेको बताए ।

उनले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र नेप्सेले आवश्यक काम गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको बताए । कोइरालाले आवश्यक काम नभए लगानीकर्ताहरू आक्रोशित भएर उत्रिने चेतावनी पनि दिए ।

‘पुँजी बजारमा गम्भीर खालका समस्या देखापरिरहेका छन् । धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालयलगायत अन्य निकायले गर्नुपर्ने काम गरेका छैनन्,’ उनले भने, ‘पुँजी बजारमा आपूर्तिको खोला बगाउने, माग सिर्जना हुने कुनै पनि काम नगर्ने, लाखौँ लगानीकर्ताको रकम जोखिममा पार्ने काम गरिरहेका छन् ।’

लगानीकर्ता कोइरालाले पुँजी बजारलाई मार्ने काम भइरहेको र त्यसको परिणाम नराम्रो आउने भन्दै यसको सुधारका लागि तत्काल काम गर्नुपर्ने बताए ।