१६ घण्टापछि खुल्यो अरनिको राजमार्ग

१६ घण्टापछि खुल्यो अरनिको राजमार्ग


पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा सोमबार बिहान खसेको पहिरो । पहिरोका कारण उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।

काठमाडौं ।

बुधबार पहिरोले अवरुद्ध अरनिको राजमार्गको बाह्रबिसे–सिरिसे खण्ड १६ घण्टापछि खुलेको छ ।

चरिकोट सडक डिभिजन कार्यालयका अनुसार बिहीबार मध्याह्न १२ बजेपछि राजमार्ग सञ्चालनमा आएको हो ।

बुधबार माथिल्लो भेगको भिर एक्कासि भास्सिएर सुख्खा पहिरो खस्दा एक घर पुरिनुका साथै राजमार्ग अवरुद्ध भएको थियो ।

काठमाडौं जोड्ने मुख्य राजमार्ग यातायात ठप्प भएपछि स्थानीय र यात्रु सास्ती बेहोर्न बाध्य भएका थिए ।