कहीले खुल्छ हाथवे इन्भेस्टमेन्टको आइपिओ ?

कहीले खुल्छ हाथवे इन्भेस्टमेन्टको आइपिओ ?


काठमाडौं ।

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले भदौको पहिलो साताबाट सर्वसाधारणलाई आइपिओ जारी गर्ने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यस कम्पनीको आइपिओ भदौको पहिलो साता खुला हुने सम्भावना छ ।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपिओ बिक्री गर्ने अनुमति पाएको हो ।

यसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्कासन गरिसकेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेको आइपिओ बिहीबार बाँडफाँटसमेत भएको छ ।

कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता सेयर कर्मचारीहरूका लागि र ७३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको हो ।

बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

लगानीकर्ताले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

नेपालमा पहिलो पटक इन्भेस्टमेन्ट कम्पनीको आइपिओ खुल्न लागेको हो ।