सिटिजन्स बैंकका थप १ जना कर्मचारी पक्राउ

सिटिजन्स बैंकका थप १ जना कर्मचारी पक्राउ


काठमाडौं ।

सिटिजन्स बैंकका थप १ जना कर्मचारी पक्राउ परेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा दलबहादुर पुनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

उनले बैंकमा जागिर खान पेश गरेको बीकमको नक्कली प्रमाणपत्र पेश गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले भारतीय कलेजको बीकमको नक्कली प्रमाणपत्रसँग त्रिभुवन विश्वविद्यालयले इक्विभालेन्ट भनेर दिएको प्रमाणपत्रसमेत नक्कली भेटिएको छ ।

पुनको नक्कली प्रमाणपत्रका सम्बन्धमा बैंकले प्रहरीलाई जानकारी दिएको थियो ।

यसअघि सिटिजन्स बैंककै मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परिसकेका छन् । उनीहरु बैंकअन्तर्गत विभिन्न शाखाहरुमा कार्यरत रहेका थिए ।

यस्तै १० कर्मचारी फरार भएका थिए । फरार हुनेहरुमा दिपककुमार झा, सुशान्त शर्मा, सुनिता भुसाल, चेतबहादुर थापासहित १० जना छन् ।