पाकिस्तान ‘ए’सँग नेपाल ९६ रनले पराजित

पाकिस्तान ‘ए’सँग नेपाल ९६ रनले पराजित


दोहा । एसिया कप राइजिङ स्टार्सअन्तर्गत पाकिस्तान ‘ए’सँग नेपाल ९६ रनले पराजित भएको छ। १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो।

नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए। उनले ५० बलमा चार चौका र दुई छक्का प्रहार गरे। बसिर अहमदले ११ र देव खनालले आठ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपाललाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका मोहम्मद हसनैन र सुफियान मुकिमले तीन–तीन विकेट लिए। मोहम्मद इमरानले दुई तथा माज सदाकतले एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। उसका लागि रोहाइल नाजिरले सर्वाधिक ६४ रन बनाएका थिए। हसन नवाजले २८ र अहमद दानियालले १६ रन जोडे।

नेपालका राशिद खानले पाँच विकेट लिए। अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए।

यस हारसँगै नेपालले समूह चरणको खेलमा पाकिस्तान ‘ए’विरुद्ध निराशाजनक प्रदर्शन गरेको छ।