हिजो ८ सयले घटेको सुन आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

हिजो ८ सयले घटेको सुन आज स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

हिजो १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको भाउ भने उकालो लागेको छ । हिजो १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।