अपर तामाकोशीले हकप्रद सेयर जारी गर्दै, कसरी दिने आवेदन ?

अपर तामाकोशीले हकप्रद सेयर जारी गर्दै, कसरी दिने आवेदन ?


काठमाडौं ।

अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ ।

उक्त हकप्रद सेयरको लागि यसले साउन २६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रदको दाबी गर्न पाउनेछन् ।

यता, असोज ७ गते यस कम्पनीको हकप्रद निष्कासन बन्द हुने सूचनामा उल्लेख छ । तसर्थ, लगानीकर्ताले सो मिति भित्र आवेदन दिनु पर्नेछ ।

यसको हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट आवेदन दिन सकिन्छ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताहरुले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन् ।