थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स

थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स


काठमाडौं ।

थप ५ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स दिएको छ ।

३२ साउनमा बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले ३ वटालाई सीमित कार्य गर्न र २ वटालाई पूर्ण कारोबार गर्ने गरी ब्रोकरको अनुमति दिएको हो ।

पूर्ण कारोबार गर्ने अनुमति पाउनेमा हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा, सनी सेक्युरिटिज कम्पनी लिमिटेड नक्शालले पूर्ण कारोबार गर्न र सजिलो ब्रोकर लिमिटेड ललितपुर, रोडसो सेक्युरिटिज लिमिटेड सुन्धारा र बेनी सेक्युरिटिज प्रालि बानेश्वरले सीमित कार्य गर्ने अनुमति पाएका छन् ।

हालसम्म ३७ कम्पनीले लाइसेन्स पाइसकेका छन् ।