नगरपालिकाले माग्याे करारमा ३० कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

नगरपालिकाले माग्याे करारमा ३० कर्मचारी, कहिलेसम्म दिने आवेदन ?


काठमाडाैँ ।

रुकुम पश्चिमकाे आठबिसकोट नगरपालिकामा करारमा जागर खाने अवसर आएकाे छ ।

नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै करारमा कर्मचारीको लागि आवेदन माग गरेको हाे ।

जारी सूचनाअनुसार कृषि अधिकृत, नगर प्रहरी, सहायक निरीक्षक, डेन्टल सहायकसहित ३० जना कर्मचारी आवश्यक भएकाे जनाइएकाे छ ।

याेग्यता पुगेका नेपाली नागरिकले सूचना जारी भएकाे १५ दिनभित्र आवेदन दिन नगरपालिकाले आग्रह गरेको छ ।