१२ वटा कम्पनी आइपिओ जारी गर्ने पाइपलाइनमा, अधिकांश रियल सेक्टरका

१२ वटा कम्पनी आइपिओ जारी गर्ने पाइपलाइनमा, अधिकांश रियल सेक्टरका


काठमाडौँ ।

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १२ वटा कम्पनी आइपिओ निष्कासन गर्न अनुमति पर्खेर बसेका छन् । जसमध्ये ३ वटा कम्पनी हाइड्रोपावर समूहअन्तर्गतका छन् भने बाँकी सबै रियल सेक्टरका कम्पनीहरू हुन् ।

बोर्डले गत आर्थिक वर्ष ४२ वटा कम्पनीलाई आइपिओ जारी गर्न अनुमति दिएको थियो । जसमध्ये २९ वटा हाइड्रोपावर कम्पनीले अनुमति प्राप्त गरेका थिए । बाँकी इन्सुरेन्सदेखि रियल सेक्टरका कम्पनी थिए ।

गत वर्ष हाइड्रोपावर कम्पनीहरूले लगातार अनुमति पाएका कारण पनि हाल स्वीकृति पर्खेर बस्नेको संख्यामा कमी आएको हो ।

स्वीकृति कुरेर बसेकामध्ये प्रायः अन्य समूहअन्तर्गतका कम्पनी छन् । ७ वटा कम्पनी यस क्षेत्रका छन् । २ वटा उत्पादन तथा प्रशोधन समूहका छन् ।

जसअन्तर्गत सर्वोत्तम र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत् आइपिओ जारी गर्ने अनुमति मागेका हुन् । हाल टिभी, औषधिलगायतका कम्पनीले साधारण सेयर निष्कासन गर्न अनुमति मागेका छन् ।