‘पर्ख र हेर’ काे अवस्थामा सेयर बजार, याे साता बढ्ला कि घट्ला ?

‘पर्ख र हेर’ काे अवस्थामा सेयर बजार, याे साता बढ्ला कि घट्ला ?


काठमाडौँ ।

गत साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेको छ। अघिल्लो साता २०६६.०५ विन्दुमा बन्द भएको नेप्से, गत साता १.५९ प्रतिशत अर्थात ३२.९२ अंक घटेर २०३३.१३ विन्दुमा झरेको थियो।

५ कारोबार दिनमध्ये ३ दिन बजार नकारात्मक भई बन्द भएपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको हो ।

साताको अन्तिम कारोबार दिन नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्तामा अबका दिनमा बजार बढ्छ कि घट्छ भन्ने अन्योलता थपेको छ ।

यद्यपि, साप्ताहिक रुपमा नेप्सेले बियरिस मैनबत्ती बनाएको छ। जसले सो साता बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी भएको संकेत गर्छ ।

अहिले बजार ‘पर्ख र हेर’ को अवस्थामा छ। याे साता नेप्से परिसूचक उकालो लागेमा २०९० देखि २१२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

यद्यपि, उकालो लाग्नका लागि २०४५ को ब्रेकआउट विन्दु पार गर्नु पर्नेछ। त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा भने १९६० देखि १९९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

नेप्सेसँगै गत साता भोल्यूम पनि कमजोर देखिएको छ। गत साता नेप्सेमा दैनिक औसतमा १ अर्ब ७४ करोडको सेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औसत भोल्यूम २ अर्ब ९ करोड रहेको छ ।

२० दिने औसत भोल्यूमको तुलनामा दैनिक औसत भोल्यूम १७३ प्रतिशत कम हो ।