अप्पर लोहोरेकाे सेयर रजिस्ट्रार एनआइसी एसिया क्यापिटल

अप्पर लोहोरेकाे सेयर रजिस्ट्रार एनआइसी एसिया क्यापिटल


काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारको काम एनआइसी एसिया क्यापिटलमार्फत् हुने भएको छ ।

अप्पर लोहोरेको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्य अब एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

यस कम्पनीले केही समयअघि मात्र आइपिओ जारी गरेको हो ।