भदाै १० देखि प्रिमियम आइपिओ बिक्री गर्दै माण्डु हाइड्राे, प्रतिकित्ता मूल्य कति ?

भदाै १० देखि प्रिमियम आइपिओ बिक्री गर्दै माण्डु हाइड्राे, प्रतिकित्ता मूल्य कति ?


काठमाडौँ ।

माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशस गरेको आइपिओ बाँडफाँट गरेपछि अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा बाँडफाँट नभएको ७९ लाख ३० कित्तासहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्कासन गर्न लागेको हो।

सोमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ।  बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।

सो आइपिओमा प्रतिकित्ता २०६ रुपैयाँका दरले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। यसमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ ।