नेप्सेमा पहिराे : झन्डै २२ अंकले घट्यो बजार

नेप्सेमा पहिराे : झन्डै २२ अंकले घट्यो बजार


काठमाडौँ ।

साताकाे पहिलो काराेबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९१ अंकको गिरावट आएको छ । आजको कारोबारपछि नेप्से परिसूचक २ हजार ११ दशमलव २२ बिन्दुमा कायम भएको हो ।

विभिन्न कम्पनीका २६९ कम्पनीको ४४ लाख ५९ हजार ४५९ कित्ता सेयर ४३ हजार ३४६ पटक खरिदबिक्री हुँदा १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९४२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १७२ दशमलव ७३ र जीवन बीमा समूहको उपसूचक १३४ दशमलव ९० अंकले घटेको छ । बैंकिङ समूह ३ दशमलव ६०, विकास बैंक ३५ दशमलव ६०, वित्त ११ दशमलव ०६, होटल तथा पर्यटन १०६ दशमलव २६ र जलविद्युत् ५० दशमलव ११ अंकले घटेको छ ।

त्यसैगरी लगानी समूह शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन ८८ दशमलव ५४, लघुवित्त ३२ दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ०४, व्यापार ३६ दशमलव ६० र अन्य समूह २३ दशमलव ५७ अंकले घटेको छ ।

आजको कारोबारमा २९ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको सेयर मूल्य घटेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ४ दशमलव ५७ अंकले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एग्रिकल्चरल बैंक डिभेन्चर-२०८३ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ करोड ६३ लाख १ हजार ७० बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको १ लाख ४९ हजार २४० कित्ता सेयर खरिदबिक्री भएको छ ।