पर्‍याे त मनकामना इन्जिनियरिङकाे आइपिओ ? ५ हजार ११ जनाको आवेदन रद्द

पर्‍याे त मनकामना इन्जिनियरिङकाे आइपिओ ? ५ हजार ११ जनाको आवेदन रद्द


काठमाडौँ ।

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल २ लाख २७ हजार ६६२ जनाले सेयर हात पारेका छन् ।

यो आइपिओका लागि कुल १३ लाख १६ हजार ५२९ जनाले आवेदन दिएकामा ५ हजार ११ जनाको आवेदन भने रद्द भएको बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ ।

बाँकी १३ लाख ११ हजार ५१७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले साउन २८ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता आइपिओ बिक्री खुला गरेको थियो ।

लगानीकर्ताले आइपिओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक बिओके क्यापिटल र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन् । साथै, मेरो सेयर एप र सिडिएस एन्ड क्लियरिङले आइपिओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट थाहा पाउन सकिन्छ ।