भगवती हाइड्रोपावरको प्रिमियम आइपीओ आजबाट बिक्रीमा

भगवती हाइड्रोपावरको प्रिमियम आइपीओ आजबाट बिक्रीमा


काठमाडौं ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज मंगलबार भदौ ५ गतेदेखि सर्वसाधारणलाई आइपिओबिक्री खुला गरेको छ ।

कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपिओबिक्रीमा ल्याएको हो। यसमा सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५५ ले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १०५ अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ ।

यस्तै, ५५ ९४२ हजार ९०५ कित्ता० सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २५ अर्थात १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ १९ गतेसम्म खुला रहने छ ।

रेटिंगएजेन्सी केयर नेपालले यो आइपीओलाई केयर ट्रिपल बी माइनस रेटिंगप्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ असार ६ गते उक्त रेटिंगदिएको थियो । यो रेटिंग२०८१ वैशाख २२ गतेसम्म बाहल रहनेछ ।